मूल नियमावलीको नियम ६५ को,–
(१) खण्ड (क) को शुरुमा “नियम ५९ को मापदण्ड विपरीतको र” भन्ने शब्दहरू थपिएका छन् ।
(२) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छ ः–” (ख) यस नियमावली बमोजिम पर्न आएका बोलपत्रहरूमध्ये यस नियमावलीले तोकेका मूल्यांकनका आधारहरू पूरा गरेको न्यूनतम अंक कबोल गर्नेको बोलपत्र स्वीकृत गर्नु पर्नेछ ।”
(३) खण्ड (च) को सट्टा देहायको खण्ड (च) राखिएको छ ः– “(च) लागत अनुमान भएकोमा सो लागत अनुमान हु“दा कायम भएको अंक
भन्दा दश प्रतिशतसम्म बढी भएमा कारण खुलाई न्यूनतम मूल्यांकित बोलपत्र एकतह माथिको अधिकारीबाट लिखित सहमति लिई स्वीकृति
गर्न सकिनेछ । लागत अनुमानको दश प्रतिशत भन्दा बढी भएमा पूनः बोलपत्र आह्वान गर्नुपर्नेछ । पूनः बोलपत्र आह्वान गर्दापनि लागत
अनुमानको दश प्रतिशत भन्दा बढी भएमा लागत अनुमानको पूनरावलोकन गरी पूनः बोलपत्र आह्वान गर्नु पर्नेछ ।”
(४) खण्ड (ट) को उपखण्ड (१) मा रहेका “काम गर्ने प्रस्ताव भएकोलाई प्राथमिकता दिनु पर्नेछ” भन्ने शब्दहरूको सट्टा “काम गर्नुपर्ने शर्त राख्नु पर्नेछ” भन्ने शब्दहरू र उपखण्ड (२) मा रहेका “पा“च करोड” भन्ने शब्दहरूको सट्टा “पच्चीस करोड” भन्ने शब्दहरू राखी सोही खण्डको उपखण्ड (३) र (४) झिकिएका छन् ।
(५) खण्ड (ठ) र (ड) झिकिएका छन् ।
(६) खण्ड (ढ) पछि देहायको खण्ड (ण) थपिएको छ ः–
“(ण) यस नियमावली बमोजिम बोलपत्र स्वीकृत गर्दा बोलपत्रको तुलनात्मक तालिका बनाई बोलपत्र स्वीकृत गर्नु पर्नेछ । बोलपत्र स्वीकृत भएपछि बोलपत्रदाताहरूको नाम नामेसी, सबै बोलपत्रदाताको मूल्याड्ढित अंक र स्वीकृत भएको बोलपत्रको स्वीकृतिका आधार र अंक समेत खुलाई सार्वजनिक गर्नु पर्नेछ ।”